भारतबाट पाँच नेपाली बालबालिकाको उद्धार

भारतबाट पाँच नेपाली बालबालिकाको उद्धार


काठमाडौँ— भारतको उत्तर प्रदेशको राजानी लखनउबाट ५ नेपाली बालबालिकालाई उद्धार गरिएको छ।  लखनउस्थित विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई भारतीय प्रहरीले उद्धार गरेका नेपाल ल्याइएको छ।

शक्ति समूह नेपालको सहयोगमा दुई बालिका र तीन बालकलाई उद्धार गरी नेपालगञ्ज ल्याइएको हो । उद्धार गरी नेपाल ल्याइएका सबै १६ वर्षमुनिका रहेको शक्ति समूह नेपालगञ्जका क्षेत्रीय अधिकृत निर्मला थापाले जानकारी दिइन्।

उनका अनुसार, राजयिक बालगृह र राजयिक बालिकागृहमा रहेका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको हो । बालकलाई सिविनको नेपालगञ्जस्थित बालगृहमा राखिएको छ भने बालिकालाई शक्ति समूहको आपत्कालीन आवासगृहमा राखिएको छ । अभिभावक सम्पर्कमा आएपछि जिम्मा लगाउने उनले जनाइन्।