चीन भ्रमणबाट स्वदेश फर्किए परराष्ट्रमन्त्री

चीन भ्रमणबाट स्वदेश फर्किए परराष्ट्रमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पाँच दिवसीय चीन भ्रमण पूरा गरी शुक्रबार बेलुका स्वदेश फर्केका छन्।

उनी चिनियाँ शहर डालियानमा आयोजित विश्व आर्थिक मञ्चको १३औँ वार्षिक बैठकमा भाग लिएर आफ्ना समकक्षी वाङ यीसँग द्विपक्षीय परामर्शका निम्ति बेइजिङ पुगेका थिए।

बुधबार बेइजिङमा उच्चस्तरीय वार्ता सकेर स्वदेश फर्केका मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उक्त मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए।