घुस लिने सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिने सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत रामाज्ञाप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार स्थानीय देउराली सामुदायिक वन उपभोक्ता समूहको विधान र कार्ययोजना दर्ता स्वीकृत गरिदिएबापत २० हजार घूस लिएको भन्ने आरोप लागेको छ । आयोग प्रवक्ता प्रदीपकुमार यादवका अनुसार आरोपी साहविरुद्ध बिगो असुल गरी कैद सजायको माग गरिएको छ ।