परराष्ट्रमन्त्री भन्छन्- राजदूतहरू इमान्दार नहुँदा देशलाई घाटा

परराष्ट्रमन्त्री भन्छन्- राजदूतहरू इमान्दार नहुँदा देशलाई घाटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सानो मुलुकलाई विकासित मुलुकजस्तो खुला बन्न अवस्था नहुने भएकाले कूटनीतिक मर्यादा राख्न कठिन हुने बताएका छन्।

पत्रकार विष्णु रिजालले सम्पादन गरेको ‘नेपालको कूटनीतिक अभ्यास’ नामक पुस्तकको मंगलबार राजधानीमा विमोचन गर्दै मन्त्री ज्ञवालीले यद्यपि कूटनीतिक अभ्यास समग्रमा सन्तुलित रहेको बताएका हुन्। कतिपय व्यक्तिका कमजोरी भने समीक्षाका विषय हुन सक्ने उल्लेख गर्दै उनले भने, ‘नेपालका कतिपय राजदूतहरूले इमान्दार नहुँदा देशले ठूलो घाटा व्यहोरेको छ। त्यसैले अरु मुलुकहरूसँग हामीले मित्रताबाहेक अरु स्वार्थ राख्नुहुँदैन।’

परराष्ट्र मन्त्री ज्ञवालीले राष्ट्रको कूटनीतिक मर्यादालाई कायम राख्न परराष्ट्र मन्त्रालयको मात्रै पहलमा नहुने भन्दै सरकारका सबै मन्त्रालयहरू जिम्मेवार हुन आवश्यक रहेको बताए।

उनले सफल कूटनीतिक अभ्यासमा तीन वटा कुरा महत्त्वपूर्ण हुने बताए। ुएउटा विषयगत ज्ञान नै हो। खटिएको मुलुकको बारेमा जानकारी हुनुपर्छ। आफ्नो देशको नीतिगत प्राथमिकता र सिद्धान्तको बारेमा जानकारी हुनुपर्छ। दुई देशबीच कस्ता स्वार्थ मिल्छन् र कस्ता मिल्दैनन्। हामीले प्राप्त गर्न खोजेको के हो, त्यसको जानकारी हुनुपर्छ। दोस्रो इमानदारिता हो। त्यो भएन भने ज्ञानले मात्रै काम गर्दैन। समग्रमा राम्रो भए पनि एकाध राजदूत इमानदार हुन नसक्दा देशले नै लज्जा महसुस गर्नुपरेको छ। तेस्रो कुरा, राजदूतहरु सिर्जनशील पनि हुनुपर्छ। सधैंभरि हेडक्वार्टरको निर्देशन सम्भव नहुन सक्छु, उनले भने।

सम्पादक रिजालले सो पुस्तकमा नेपालका पुराना २० जना राजदूतहरूको अनुभव समावेश गरेका छन्।

पुस्तकमा सन् १९८८ मा इस्लामिक गणतन्त्र पाकिस्तानका लागि राजदूत भएका अर्जुननरसिंह राणादेखि डिसेम्बर २००९ मा श्रीलंकाका लागि राजदूत भएका सुशीलचन्द्र अमात्यसम्मका २० राजदूतहरुको अनुभव समेटिएको छ।