प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख हस्तान्तरण

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्मा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहात रकमको चेक महासंघका अध्यक्ष केशव वडाल र बैंकका अध्यक्ष केबी उप्रेतीले हस्तान्तरण गरे।

चेक बुझेपछि प्रधानमन्त्री ओलीले विपत्तीमा परेकाहरुलाई उद्धार र पुनस्र्थापनाका लागि सहकारीकर्मीहरुले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष वडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीहरुबाट रकम संकल गरेर विपत्तीमा परेकाहरुलाई सहयोग गरिएको बताए।