स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन : जथाभावी विदेश भ्रमणमा नजानू

स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन : जथाभावी विदेश भ्रमणमा नजानू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — संघीय सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाइृ जथाभावी विदेश भ्रमणमा नजान निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई स्थानीय तहको खर्चमा विदेश भ्रमणमा नजान बिहबिार निर्देशन दिएको हो। उसले जिल्ला समन्वय समितिसहित सबै स्थानीय तहलाई सर्कुलर जारी गरेको छ ।

सर्कुलरमा मन्त्रालयले आयोजक संस्थाले आतेजाते र बास खर्चको व्यवस्थापन गर्ने भए मात्र विदेश भ्रमण गर्न र आफ्नो खर्चमा नजान भनिएको छ । मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई आयोजक संस्थाबाट आर्थिक, प्राविधिक तथा वस्तुगत सहायता उपलब्ध हुने प्रकृतिका कार्यक्रममा मात्र सानो भ्रमण दलका लागि सहमति माग गर्न सर्कुलरमा उल्लेख गरिएको छ । स्थानीय तहलाई फाइदा पुग्ने कार्यक्रममा भने पदाधिकारीले आफ्नो खर्चमा सानो भ्रमण दल बनाएर विदेश जान सक्ने सर्कुलरमा उल्लेख छ ।

मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५ जारी गरेको छ ।