डाेटीका वन अधिकृत तीन लाख घुससहित अख्तियारकाे फन्दामा

डाेटीका वन अधिकृत तीन लाख घुससहित अख्तियारकाे फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी— अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले तीन लाख घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। अधिकृत डिसीलाई तीन लाखसहित नियन्त्रणमा लिइएको हो।

विशेष सूचनाका आधार आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आरोपित डिसीबाट रु तीन लाख २६ हजार रकम बरामद गरिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।

ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेपछि उक्त रकम ठेकेदारले जम्मा गरेको विष्टले बताए। उनले भने, ‘अरू पैसा निकालेर यताउता पारिसकिएको रहेछ।’ अख्तियारको टोलीले तीन लाख २६ हजार मात्रै बरामद गरेको सूचना अधिकारी विष्टले जानकारी दिए।

उनका अनुसार प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।