डाेजर आतंकमाथि धावा बोल्ने बझाङका सीडीओको सरुवा: स्थानीयले बाजागाजासहित गरे बिदाइ

डाेजर आतंकमाथि धावा बोल्ने बझाङका सीडीओको सरुवा: स्थानीयले बाजागाजासहित गरे बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं— बझाङका  प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको ६ महिनामै सरूवा भएकाे छ। गत  फागुन १७ गते बझाङकाे कमाण्ड सम्हालेका  सुनारले डाेजर आतंक राेक्न महत्वपूर्ण भूमिका खेलेका थिए।

उनले २०७६ जेठबाट डोजर नियमनको प्रयास गरेका थिए। बिना कुनै सर्भे र डिजाइन जथाभावी डोजर सञ्चालन गरी बनाइएका सडकका कारण जिल्लाका थुप्रै गाउँ जोखिममा परेको, धेरै मानिसको जीउ–धनको जोखिम बढेको र महिनैपिच्छे सडक दुर्घटना हुन थालेपछि सीडीओ सुनारको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयले डोजर नियन्त्रणको प्रयास थालेको थियो ।

यसरी हचुवाका भरमा सडक निर्माण गर्ने कामलाई तत्काल रोक्न कार्यालयले पत्रकार गरेको थियो । तर बेवास्ता गर्दै चलाइएका डोजर नियन्त्रणमा लिन थालेपछि जनप्रतिनिधिहरु झस्किएका थिए । सिडिओप्रति रुष्ट भएका जनप्रतिनिधिहरु उहाँको सरुवाको माग गर्दै डेलिगेशनसहित दिनहुँजसो गृह मन्त्रालय धाउन थालेकाे थियाे। अन्तत: गृह मन्त्रालयले उनकाे सरूवा गरेकाे हाे।

उनी  मोरङ जिल्लामा सरुवा भएर गएका छन्। सरूवा उनलाई सर्वसाधरणले बाजागाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराउँदै बिदाइ गरेका छन्।

साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले सीडीओ सुनारले गाउँगाउँमा पुगेर बुढापाकाहरुलाई नागरिकता वितरण गरेको स्मरण गर्छन्।