कागेश्वरीको महामेला भव्यरुपमा सम्पन्न

कागेश्वरीको महामेला भव्यरुपमा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित् कागेश्वरी मन्दिरमा लागेको तीनदिने मेला भव्य रुपमा सम्पन्न भएको छ । कागेश्वरीमा कागेअष्टमीक दिन लाग्ने महामेलाई ध्यानमा राखी नगरपालिकाले भदौ १९ देखि २१ गतेसम्म मनाएको थियो ।

भदौ १९ गते कागेश्वरी मन्दिरको बारेमा कविता बाचन गरी कवि गोष्ठी गरेको, २० गते मन्दिरमा महामेला लागेको र २१ गते मन्दिर क्षेत्र सरसफाइ गरिएको थियो । सरसफाइ भने एक हप्तासम्म चल्ने महामेला मूल व्यवस्थापन समितिका संयोजक एवं वडा नं. १ का वडाध्यक्ष मुकुन्द गजुरेलले जानकारी दिए।

मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्न मन्दिरको साँस्कृतिक र ऐतिहासिक विषयका बारेमा आमनागरिकलाई जानकारी दिनका लागि तीनदिनसम्म कागेश्वरी मेला आयोजना गरिएको थियो । २० गते कागेअष्टमीका दिन मन्दिरमा करिब एक लाख भक्तजनले मन्दिरको दर्शन गरेको तथा सोही दिन सङ्घीय संसदका सांसद कृष्ण राईको प्रमुख आथित्यमा र विभिन्न ख्याती प्राप्त राष्ट्रिय स्त्तरका कलाकारको उपस्थितिमा साँस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । त्यस्तै महामेलामा तामाङ् र नेवार समुदायले आआफ्नो साँस्कृति अनुसार झाँकी प्रर्दशन गरिएको थियो ।

जनैपूर्णिका दिन गोसाइकुण्डलबाट ल्याएको जल भक्तजनले कागेअष्टमीक दिन मन्दिरमा चढाएका थिए । मन्दिरको दर्शन गर्नाले कागले छोएको भए ग्रह दशा जाने जनविश्वास रहँदै आएकाले कागेश्वरीका दिन मन्दिमा भक्तजनको भिड लागेको थियो । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख एवं महामेला मूल व्यवस्थापन समितिका संरक्षक कृष्णहरी थापाले कागेश्वरीको महामेला भव्य रुपमा सम्पन्न भएको बताए। मन्दिर क्षेत्रको सरसफाइ भने एक हप्ता चल्ने भन्दै उनले कागेश्वरीको मेलाले मन्दिर साँस्कृतिक धामको रुपमा परिचित भएको दाबी गरे।

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएपछि मन्दिरसम्म पुग्नका लागि बाटोको सहज व्यवस्था गरिएको छ । नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा यस मन्दिरमा लाग्ने मेलालाई नगरपालिकाले बिशेष महत्व दिएको हो ।

किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसै बेलादेखि त्यस मन्दिरको नाम कागेश्वरी रहन गएको हो भन्ने भनाइ छ ।