राजदूतद्वय दाहाल र शेर्पाले लिए शपथ


काठमाडौँ — अष्टेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले  तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित थियो । यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement