बोक्सी भन्दै किशोरी कुट्ने र उक्साउनेविरुद्ध माओवादीको आपत्ती

बोक्सी भन्दै किशोरी कुट्ने र उक्साउनेविरुद्ध माओवादीको आपत्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–माओवादी केन्द्रले बोक्सी भन्दै किशोरीलाई कुुटपिट गर्नमााथि काराबाहीको माग गरेको छ।

कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया राधा चौधरीलाई बोक्सी भन्दै कुटपिट भएपछि माओवादी केन्द्र प्रदेश नम्बर ७ ले विज्ञप्ति जारी ध्यानाकर्षण भएको जनाएको हो।

माओवादी केन्द्र प्रदेश ७ प्रचारप्रसार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ ले विज्ञप्ति जारी गरेको बोक्सी भन्दै लगातार ६ घन्टासम्म कुटपिट हुनु जस्तो अमानविय घटना घटेकोमा घोर भर्त्सना गरेको उल्लेख छ।

साथै उक्त घटनाको मुख्य अभियुक्त आफूलाई भोले बाबा बताउने रामबहादुर चौधरीलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न र पीडितयुवतीको उपचारको सम्पूर्ण व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौं।’

माओवादीले उक्त घटनामा सहभागी हुने र उक्त कार्य गर्न उक्साएर सहयोग गर्नेहरुलाई पनि कानुनको दायरामा ल्याउन माग गरेको छ। ‘२१औं शताब्दीमा पनि १८ औं शताब्दीको जस्तो बर्बरता र घृणित कुरितिका विरुद्ध सशक्त र प्रभावकारी रुपमा जनचेतनाका कार्यक्रम संचालन गर्नुका साथै यस्ताकार्य निरुत्साहित गर्न प्रदेश सरकारसँग आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

राधालाई गुरुबा भनिने रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको लान्छना लगाएर मरणासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी किशोरीको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ।