मन्त्रिमण्डल पुनःगठनमा प्रधानमन्त्रीको क्षेत्राधिकार’

मन्त्रिमण्डल पुनःगठनमा प्रधानमन्त्रीको क्षेत्राधिकार’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ- उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीले आवश्यक ठानेमा मन्त्री हेरफेर हुनसक्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा भृकुटीमण्डपमा आयोजना चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले पार्टीका नेताहरुसँग आवश्यक परामर्श गरेर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनःगठन गर्नसक्ने जनाए।

 “तर यो प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो,’ उनले भने। पाेखरेलले दलबीच राजनीतिक विषयमा मतान्तर भए पनि देशको समृद्धि, संस्कृति र आपसी सद्भावका सवालमा साझा बिन्दु पहिल्याएर अघि बढ्न चाडपर्व र चियापानले सकारात्मक सन्देश दिने उल्लेख गरे।