विदेशी दबाबमा चीनसँग सुपुर्दगी सन्धि राेकिएकाे हाे? यस्ताे छ परराष्ट्रमन्त्रीकाे जवाफ

विदेशी दबाबमा चीनसँग सुपुर्दगी सन्धि राेकिएकाे हाे? यस्ताे छ परराष्ट्रमन्त्रीकाे जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ— परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको र  त्यस्ता भ्रमबाट मुक्त हुन  आग्रह गरेका छन्।

गत असाेजमा भएकाे चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणकाे बखत सुपुर्दगी सन्धि सम्बन्धी सम्झौता हुने खबर सार्वजनिक भएपनि अन्तिममा राेकिएकाे थियाे।  मन्त्री ज्ञवालीले उक्त आरोपलाई खारेज गरेका छन्।

म्यानमारको भ्रमण सकेर सोमबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग भने, ‘अब नेपालको बारेमा एउटा प्रश्न कहिल्यै नगर्नुहोला । कुनै विदेशीको दबाबमा कुनै काम गर्छ या गर्दैन भन्ने विषयमा हाम्रो स्ट्याण्ड बाई पोजिसन छ, हामी दबाबबाट विचलित हुँदैनौं ।’

अन्तरदेशीय अपराधको बढ्दो क्रमलाई सामना गर्न सुपुदर्गी, सन्धि, पारस्परिक कानूनी सहायता सम्बन्धी फ्रेमवर्कमा नेपाल जोडिने बताउँदै उनले भने, ‘यस विषयमा हामीले विभिन्न मुलुकहरुसँग छलफल अघि बढाइरहेका छौं। उपयुक्त समयमा विभिन्न मुलुकसँग सुपुर्दगी सन्धि हुन्छ।’

भारत–पाकिस्तान द्वन्द्वले क्षेत्रीय स्थायित्व र शान्तिमा असर गर्ने भएकाले दुवै देशले अधिकतम संयमता अपनाउँदै आपसी तनाव घटाउन र स्थितिलाई सामान्य बनाउनेतर्फ लाग्नुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिए।