वनमन्त्री बस्नेत भन्छन्-जाजरकोटमा थप दुई वटा अस्पताल निर्माणको तयारी हुँदैछ

वनमन्त्री बस्नेत भन्छन्-जाजरकोटमा थप दुई वटा अस्पताल निर्माणको तयारी हुँदैछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोटमा दुई अस्पताल निर्माण हुने भएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमा एउटा—एउटा गरी दुई वटा अस्पताल बनाउने तयारी थालिएको हो। जिल्लाको पूर्वी क्षेत्रमा रहेका नलगाड नगरपालिका–७ दल्लीमा १५ श्ययाको अस्पताल बनाउने गृहकार्य शुरु भएको छ ।

पश्चिमी क्षेत्रलाई केन्द्रित गरेर छेडागाड नगरपालिकामा १५ श्ययाको अस्पताल निर्माणका लागि तयारी भइरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए। लिम्सा र गर्खाकोटमा रहेको स्वास्थ्य संस्थाको स्तरोन्नतिको काम पनि शुरु हुन लागेको उनले बताए।

जिल्ला सदरमुकाममा मात्र सुविधायुक्त अस्पताल भएका कारण ग्रामीण क्षेत्रका स्थानीयवासीले प्रभावकारी सेवा नपाएको भन्दै मन्त्री बस्नेतले दुवै क्षेत्रमा एम्बुलेन्स सेवासहितको अस्पताल स्थापना गर्न अन्तिम तयारी भएको उनले बताए।

त्यस्तै स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि र स्थानीय सरकार सञ्चालनका लागि गति दिन पहिलो चरणमा सबै स्थानीय तहको प्रशासकीय केन्द्र रहेका सडकमा कालोपत्र गर्न लागिएको उनको भनाइ छ ।