अनेरास्ववियुका सहसंयोजक रन्जितले भने-कोहलपुर घटना निन्दनीय छ

अनेरास्ववियुका सहसंयोजक रन्जितले भने-कोहलपुर घटना निन्दनीय छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले कोहलपुर घटना निन्दनीय भएको बताएका छन्।

आइतबार कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले ७ कक्षामा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन् । उनको बीएण्डबी हस्पिटलमा उपचार सुरु भएको छ।

क घटना पश्चात उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले  आइतबार बेलुकादेखि कर्फ्यु आदेश जारी गरेको छ।

तामाङले सामाजिक सञ्जालमा लेखेका छन्,‘कोहलपुर घटना निकै दुखद छ । दुर्घटना भै सकेपछि पनि संयमता नअपनाउदा भएको थप घटना निर्दयी एवम निन्दनीय पनि छ। सडक दुर्घटनाले दैनन्दिन हाम्रो समाजलाई आक्रान्त बनाउदै आएको छ । दुर्घटना कम गर्न सबैमा जनचेतना हुन जरुरी छ, संगै संयमता पनि । लापरवाहीका कारण हुने दुर्घटना कम गर्न ट्राफिक नियममा कडाई गरिन जरुरी छ।’