काठमाण्डु – नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका २ प्रमुख नामहरू क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडीसीओएमएम समूह बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल) ले साझेदारी गरेका छन् ।
बंगलादेश दूतावासका कार्यवाहक श्री मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष श्री लक्ष्मण हुमागाईं लगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा विभान्त काठमाण्डुमा आयोजित कार्यक्रममा साझेदारीको औपचारिक घोषणा गरिएको छ ।
दुवै कम्पनी मिलेर नेपाली ब्रान्डहरूलाई विश्वव्यापी ब्रान्डको प्रभूत्व भएको प्रतिस्पर्धात्मक परिदृश्यमा फस्टाउन सशक्त बनाउने लक्ष्य राखेका छन् । साझेदारीले घरेलु ब्रान्डहरूले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न, दीर्घकालीन दीगोपन सुनिश्चित गर्न रणनीतिहरूको मार्गदर्शन दिनेछ ।
कार्यक्रममा स्ट्राटेजी सेन्ट्रलका अध्यक्ष र एडीसीओएमएम समूहका प्रबन्ध निर्देशक नजिम फरहान चौधरीले साझेदारीको महत्त्वलाई प्रकाश पारे । ‘आजका क्लाइन्टहरूलाई विज्ञापनभन्दा बढी पनि अरु केही चाहिन्छ– उनीहरूलाई आफ्ना दर्शकहरूसँग अर्थपूर्ण योजनाहरू निर्माण गर्न रणनीतिहरू चाहिन्छ । यो मागलाई सम्बोधन गर्न स्ट्राटेजी सेन्ट्रलको स्थापना भएको थियो र क्रियोसँगको साझेदारीले नेपालमा हाम्रो विचार विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
नजिम फरहान एक प्रसिद्ध उद्यमी पनि हुन्, जो प्रारम्भिक चरणको स्टार्टअप इकोसिस्टममा सक्रिय रूपमा संलग्न छन् । शार्क ट्यांक बंगलादेशमा शार्कको रूपमा उनको भूमिकाले उदीयमान व्यवसायहरूलाई समर्थन गर्ने उनको प्रतिबद्धतालाई जोड दिन्छ । उनले साझा गरेको यो साझेदारीले क्रियोका निर्देशक र आउटरिचका संस्थापक उजय शाक्यसँगको उनको लामो समयको सम्बन्धलाई पनि प्रतिबिम्बित गर्दछ । ‘घरेलु ब्रान्डहरू उचाइमा पुर्याउने हाम्रो साझा दृष्टिकोण २ दशकभन्दा लामो समयदेखिको प्रयास हो र यसलाई आकार दिन पाउँदा म हर्षित छु,’ उनले भने ।
क्रियोका निर्देशक र आउटरिचका संस्थापक, उजय शाक्यले घरेलु ब्रान्डहरूलाई समर्थन गर्ने कुरामा जोड दिए । ‘नेपाल एक युनिक मार्केट हो तर स्थानीय ब्रान्डहरूले बहुराष्ट्रिय र क्षेत्रीय ब्रान्डहरूको कडा प्रतिस्पर्धाको बीचमा आफूलाई टिकाउन अक्सर संघर्ष गर्नुपर्छ । यो साझेदारी नेपाली ब्रान्डहरू स्पष्ट, सरल र प्रभावकारी रणनीतिका साथ सफल हुन सहयोग गर्न हाम्रो प्रतिबद्धता हो,’ उनले भने । साझेदारीले अर्को २ वर्षको लागि महत्त्वाकांक्षी लक्ष्यहरू सेट गर्दछ, मुख्य घरेलु ब्रान्डहरू र स्टार्टअपहरूसँग सहकार्य गर्ने लक्ष्य राख्दै, तिनीहरूलाई बजारमा फस्टाउन रणनीति र ब्रान्डिङ सम्बन्धित सेवाहरू प्रदान गर्नेछ ।
स्ट्राटेजी सेन्ट्रलका संस्थापक र प्रबन्ध निर्देशक शाहरियार रहमानले आफ्नो दृष्टिकोण व्यक्त गर्दै भने, ‘हाम्रो सोचाइ सरल छ– ब्रान्डिङ प्रयासहरू वृद्धि गर्न उन्नत अभ्यासहरू र प्रविधिहरूको लाभ उठाउँदै आधारभूत कुराहरूमा ध्यान केन्द्रित गर्नु हो ।’
नेपाली ब्रान्डहरूको भविष्यलाई साकार पार्ने साझा प्रयासका साथ भएको सहकार्यले देशभरका व्यवसायहरूका लागि नयाँ अवसरहरू अनलक गर्ने जनाइएको छ ।




प्रतिक्रिया