काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त ५ जना राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन महाराजगञ्जमा बिहीबार आयोजित विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । ओहोदाको प्रमाणपत्र पेश गर्नुअघि नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म सम्मानका साथ सवारी गराइएको थियो ।





प्रतिक्रिया