राजदूत सिंहले कोरियामा गरे महासंघका अध्यक्षको अपमान, पत्रकारलाई थर्काए

राजदूत सिंहले कोरियामा गरे महासंघका अध्यक्षको अपमान, पत्रकारलाई थर्काए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंगबहादुर सिंहले आफूलाई प्रमुख अतिथि नबनाएको भन्दै कोरियमा पत्रकारहरूलाई थर्काएका छन्।

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सेप्टेम्बर २५ तारिखमा भएको छैठौ अधिबेशनको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई प्रमुख अतिथि बनाएपछि राजदूत सिंहले कार्यक्रम नै बहिस्कार गरे।

‘मेरा सामुन्ने तिमीहरु पत्रकार होइनौ, पित्तकार हौ प्रोटोकल नजान्ने पत्रकार हुन्नन्,’ राजदूत सिंहले भने। अब आइन्दा यस्तो नगर्न भन्दै उनी कार्यक्रमस्थलबाट लगत्तै बाहिरिएका थिए।

आयोजकका अनुसार नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले अधिवेशन आयोजना गर्नुपूर्व महासंघबाट अध्यक्षनै प्रमुख अतिथि रहने व्यहोरा उल्लेख आफनो सम्पूर्ण तयारी गरेको थियो ।

पत्रकार खेम कार्कीले सोही बमोजिम राजदूत सिंहलाई निमन्त्रणा गरेका थिए । कार्यक्रम सञ्चालन गर्नुपूर्व राजदुत सिंहलाई फोनमार्फत पटक–पटक कार्यक्रममा सहभागी भैदिन आग्रह गरिएको थियो । उनले आफु विमानस्थलमा भएको र आउन ढिलो हुने जनाउँदै कार्यक्रम सञ्चालन गर्न अनुमति समेत दिएका थिए । आग्रह गरिएको दुईघण्टा पछि सिंह कार्यक्रमस्थल प्रवेश गरेका थिए । कार्यक्रममा उनलाई विशिष्ठ अतिथिका रुपमा ब्याच प्रदान गरिएको थियो ।

यसैबीच, महासंघका अध्यक्ष आचार्यले राजदूतको यो किसिमको घृणित रबैयाको लिखित रुपमा परराष्ट्र, गृह एवम् प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउने बताए।