श्रीलंकामा संकटः पाउलान् त राजपाक्षेले बहुमत ?

श्रीलंकामा संकटः पाउलान् त राजपाक्षेले बहुमत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – राष्ट्रपति मैत्रीपाल सिरिसेनाले निर्वाचित प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरेर महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएको एक सातामै श्रीलंकाली राजनीति घटनाक्रमले नयाँ मोड लिने संकेत देखिएको छ । श्रीलंकामा जारी रहेको राजनीतिक समस्या समाधानको लागि ७ नोभेम्बरमा बहुमत परीक्षणको लागि संसदको बैठक बोलाएका छ ।

आपत्तकालिन बैठक नबोलाए हिंसा भड्कने चेतावनीपछि बुधबार बसेको बैठकमा सिरिसेना संसद बोलाउन सहमत भएका हुन । त्यसअघि संसदका २२५ मध्ये १२६ सदस्यले सभामुखलाई हस्ताक्षर बुझाएर बैठक बोलाउन आग्रह गरेका थिए ।

सभामुख करु जयसुरियाले राष्ट्रपतिको कदमले निम्त्याएको संवैधानिक संकटको उचित राजनीतिक समाधान नखोजिए रक्तपात हुनसक्ने चेतावनी दिएका थिए । पूर्व राष्ट्रपति राजापाक्षेले प्रधानमन्त्रीको सपथ लिनुभन्दा एक दिन अगाडि नै पूर्व क्रिकेटर तथा पेट्रोलियम मन्त्री अर्जुन रानातुंगाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको ज्यान गइसकेको छ ।

यस्तोमा राष्ट्रपतिले नियुक्त गरेका महिन्दा राजपाक्षे र बर्खास्त गरिएका रानिल विक्रमासिंघेको बीचमा बहुमत पुर्‍याउनका लागि रस्साकस्सी सुरु भएको छ । यसैबीच महिन्दा राजपाक्षेले संसदमा आफ्नो बहुमत पुग्ने दाबी गरेका छन् । उनले शुक्रबार मुख्य टामिल पार्टीका एक सांसदलाई आफ्नो पक्षमा पार्दै मन्त्री बनाएका छन् । त्यसका साथै बर्खास्त गरिएका विक्रमासिंघेका कम्तीमा पाँच सदस्यहरुले उनको साथ छाडिसकेका छन् ।

शुक्रबार राजपाक्षेले पूर्वी बट्टीकलोवा जिल्लाका टीएनए संसार एस विलेनतिरियनलाई आफ्नो पक्षमा पार्दै पूर्वी क्षेत्र विकासको उपमन्त्री बनाएका हुन् । विक्रमासिंघेको युनाइटेड नेशनल पार्टीले नयाँ प्रधानमन्त्री राजपाक्षेविरुद्ध अविश्वासको प्रस्ताव दिएका छन् । श्रीलंकामा रहेको २२५ सदस्यीय संसदमा राजपाक्षे–सिरिसेनाको गठबन्धनमा ९६ सदस्यहरु रहेका छन् ।

जुन बहुमतका लागि आवश्यकभन्दा १७ ले कम हो । सभामुख कारु जयासूर्याले राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई ७ नोभेम्बरमा संसदको बैठक बोलाउनका लागि आग्रह गरेका हुन् । यससँगै श्रीलंकाको राजनीतिमा नयाँ मोड आएको हो । यसअघि सिरिसेनाले १६ नोभेम्बरसम्मका लागि बैठक निलम्बित गरेका थिए ।