अध्यक्ष तिमिल्सिना र चिनियाँ राजदूत होङ शिष्टाचार भेट

अध्यक्ष तिमिल्सिना र चिनियाँ राजदूत होङ शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग यहाँस्थित चीनका राजदूत यु होङले मंगलबार सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका छन् । उनीहरुका बीच द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले तीन तहका निर्वाचनपछि स्थायी सरकार निर्माण भई आर्थिक समृद्धितर्फ नेपाल अगाडि बढेको चर्चा गर्दै दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई थप सुदृढ बनाएको बताएकाे अध्यक्ष तिमिल्सिनाको सचिवालयद्वारा यहाँ जारी विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद् र चीनको नेशनल्स पिपुल्स काङ्ग्रेसबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा अनुभव आदनप्रदानका लागि भ्रमण आवश्यक रहेको धारणा राखे।

भेटमा राजदूत होङले आफ्नो कार्यकालमा नेपालले नयाँ संविधानमार्फत प्राप्त गरेको ऐतिहासिक परिवर्तनलाई कार्यान्वयन गर्न सफल रहेको उल्लेख गर्दै चिनियाँ काङ्ग्रेस नेपालको संसद्सँग थप सहकार्य गर्न तयार रहेको जानकारी दिए।