प्रमुख निर्वाचन आयुक्तमा सचिव थपलियाको नाम सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा सचिव थपलियाको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलियाको नाम सिफारिस गरेको छ।

सिंहदरबारमा सोमबार बसेको परिषदको बैठकले प्रमुख आयुक्तमा थपलियाको नाम सिफारिस गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले जानकारी दिए।

थपलिया संघीय मासिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव हुन्।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र आयुक्त इला शर्मा आइतबार मात्र सेवा निवृत्त भएपछि परिषद्को बैठकले नियुक्तिका लागि सिफारिस गरेको हो।
बैठकले समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णु माया ओझाको नाम सिफारिस गरेको छ । बाँकी संवैधानिक आयेगका अध्यक्ष र सदस्यको नाम पछि सिफारिस गर्ने तिमल्सिनाले बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता शेरबहादुर देउवा भने बैठकमा उपस्थित थिएनन्।