प्रकाशको निधनको शोकमा एमालेद्वारा एक घण्टा चुनावी कार्यक्रम स्थगन


काठमाडौं–नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र, एवं माओवादी केन्द्रीय सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनप्रति एमालेले दुख व्यक्त गरेको छ।

 

 

प्रकाशको हृदयघातका कारण निधन भएपछि एमालेले शोक वक्तव्य जारी गरी निधनप्रति दुःख व्यक्त गरेको हो।

 

 

प्रकाशलाई गम्भीर अवस्थामा नर्भिक अस्पताल पु¥याइएको जानकारी पाउन साथ एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले झापामै रहेका प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाई गरेका थिए।

 

 

घटनाको जानकारी पाउनासाथ एमालेका बरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गरेका थिए।

 

 

यसैबीच, प्रकाशप्रति सम्मान व्यक्त गर्न र प्रचण्ड, शोकाकूल परिवारजन र नेकपा माओवादी–केन्द्रप्रति समवेदना प्रकट गर्न  (एमाले) को तर्फबाट आइतबार दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement