काठमाडौं – विश्वव्यापी महामारी रुप लिइरहेको कोरोना भाइरसको प्रभाव नेपाली राष्ट्रिय पत्रिकाहरुमा पनि परेको छ । कान्तिपुर दैनिकसँगै काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, नारी र साप्ताहिक पनि केही दिन प्रकाशित नहुने कान्तिपुरका पब्लिकेसनले जनाएको छ ।
कोरोनाको जोखिमसँगै प्रिन्ट मिडियामा संकट आउन थालेको छ । यसअघि नै साप्ताहिकरुपमा प्रकाशित हुँदै आएको हिमाल खबर पत्रिका पनि बन्द भएको थियो ।
राजधानी बाहिरका विभिन्न जिल्लाबाट प्रकाशित हुँदै आएका पत्रिकाहरु पनि धमाधम बन्द हुन थालेका छन् ।
पत्रिकाबाट कोराना भाइरस सर्न सक्छ भन्ने हल्ला चलेका कारण प्रकाशित हुँदै आएका पत्रिकाको वितरणमा समेत समस्या देखएिको छ ।




प्रतिक्रिया