नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

आजै मन्त्रिपरिषद् विस्तारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराउने कार्यक्रम तय भएको छ ।

एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदनमा विश्वासको मत पाउन नसकेपछि संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री बनेका हुन् ।

नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीहरुको नियुक्ती पनि आजै गर्ने तयारी गरिएको छ ।

प्रधानन्त्री ओलीले शपथ लिएलगत्तै आजै पदभार ग्रहण गर्ने कार्यक्रम पनि तय भएको छ । यसैगरी आज नियुक्त हुने मन्त्रीहरुले पनि शपथ लिइ पदभार ग्रहण गर्नेछन् ।