काठमाण्डु – न्युजिल्यान्डका क्रिकेटर केन विलियमसनले टी २० अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् । न्युजिल्यान्ड क्रिकेट बोर्डले उनको संन्यासको पुष्टि गरेको हो ।
विलियमसनले न्युजिल्यान्डका लागि ९३ टी २० खेल खेलेका छन् । जसमा उनले २ हजार ५ सय ७५ रन बनाएका छन् ।
उनले सन् २०११ मा टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनले ७५ खेलमा कप्तानीसमेत सम्हालेका थिए ।
उनको नेतृत्वमा न्युजिल्यान्डले दुई पटक टी २० विश्वकपमा सेमिफाइनल २०१६ र २०२२० र एक पटक सन् २०२१ मा फाइनलमा स्थान बनाएको थियो ।




प्रतिक्रिया