काठमाण्डु- च्याम्पियन्स ट्रफी २०२५ को छैटौं खेल सोमबार न्युजिल्याण्ड र बंगलादेशबीच खेल हुँदैछ । खेल रावलपिंडी क्रिकेट रंगशालामा दिउँसो २ः४५ बजे सुरु हुनेछ । न्युजिल्याण्डले जित्यो भने पाकिस्तान प्रतियोगिताबाट बाहिरिनेछ ।
सन् २०१७ मा भएको पछिल्लो च्याम्पियन्स ट्रफीमा बंगलादेशले न्युजिल्याण्डलाई समूह चरणबाटै बाहिर पठाएको थियो । च्याम्पियन्स ट्रफीमा दुवै टोली दुई पटक आमनेसामने भएका छन् । दुवैले १–१ खेल जितेका छन् ।
दुवै टोली ४५ पटक आमनेसामने भएका छन् । यसमा न्युजिल्याण्डले ३३ खेल जितेको छ भने बंगलादेशले ११ खेल जितेको छ । १ खेलको नतिजा तय हुन सकेन ।
समूह चरणमा पाकिस्तान भारत र न्युजिल्याण्डसँग पराजित भएको छ । टोलीको अब बंगलादेशसँग एक मात्र खेल बाँकी छ । अर्कोतर्फ, भारतले २ खेल जितेको छ । यदि न्युजिल्याण्डले बंगलादेशलाई हरायो भने टोलीको भारतसँग बराबर ४ अंक हुनेछ । यस अवस्थामा, भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुग्नेछन् । जबकि पाकिस्तान र बंगलादेश बाहिरिनेछन् ।




प्रतिक्रिया