काठमाण्डु – न्युजिल्यान्डले टेस्ट क्रिकेट इतिहासमै आफ्नो सबैभन्दा ठूलो जित दर्ता गरेको छ । जिम्बाब्वे ३५९ रनले पराजित भएको छ ।
डेब्यु खेलमै न्युजिल्यान्डका फास्ट बलर ज्याकारी फोल्क्सले पहिलो इनिङ्समा ४ र दोस्रो इनिङ्समा ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गर्दै ९ विकेट लिएका छन् ।
जिम्बाब्वेको तर्फबाट निक वेल्चले अविजित ४७ रन बनाए भने कप्तान क्रेग एरविनले १७ रनमा आउट भए । १६ रनको एक्स्ट्रा नै टोलीको तेस्रो उच्च स्कोर रह्यो।
पहिलो इनिङ्समा ४७६ रनले पछाडि परेको जिम्बाब्वेलाई दोस्रो इनिङ्समा कम्तीमा लामो समय खेल्ने आशा थियो, तर २८.१ ओभरमै समेटियो । पहिलो ओभरमै ब्रायन बेनेट शुन्य रनमा आउट भए । साढे ३ वर्षको आईसीसी प्रतिबन्धपछि फर्केका ब्रेन्डन टेलर ७ रनमा म्याट हेन्रीको बलमा पेभिलियन फर्किए।
अनुभवी ब्याट्सम्यान सिकन्दर राजा ४ रनमा आउट हुँदा स्कोर ५ ओभरमा ५४ पुगेको थियो र त्यसपछि फोल्क्सले बाँकी विकेटहरु समेटे ।




प्रतिक्रिया