नेइमारविरुद्ध लागेको बलात्कारको आरोप पुष्टि गर्ने प्रमाण भेटिएन


एजेन्सी – ब्राजिलियन सुपरस्टार फुटबलर नेइमार जुनियरमाथि लागेको बलात्कारको आरोपको प्रमाण भेट्टाउन नसक्दा प्रहरीले यसबारे अनुसन्धान गर्न बन्द गरेको छ ।

साउ पाउलोको महान्याधीवक्ता कार्यालयले पर्याप्त प्रमाण नभएकाले नेइमारमाथिको उजुरी अहिलेलाई निलम्बन गरिएको जनाएको छ ।

साथै कार्यालयले अन्तिम निर्णयका लागि प्रक्रिया अघि बढाईसकिएको र अबको १५ दिनभित्र अन्तिम निर्णय आउने बताइएको छ ।

यसअघि ब्राजिलियन मोडल नाजिला ट्रिन्डाडेले गत मेमा फ्रान्सको राजधानी पेरिसको एक होटलमा नेइमारले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement