राष्ट्रपति पौडेलको गंगालाल अस्पतालमा एनजीओग्राम गरियो

राष्ट्रपति पौडेलको गंगालाल अस्पतालमा एनजीओग्राम गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि इनजीओग्राम गरिएको छ । राष्ट्रपति पौडेललाई छाति दुख्ने समस्या देखिएपछि मंगलबार बिहान गंगलाल हृदय रोग केन्द्रमा एनजीओग्रामबाट मुटुको बन्द भएको नसा खुलाइएको हो।

उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ । राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ ।

दम र ग्याष्ट्रिकबाट पीडित पौडेललाई मुटुमा समस्या देखिएपछि मंगलबार बिहान ७ बजेतिर बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो।