ओडिशा घटनामा राष्ट्रिय मानवअधिकार आयोगद्वारा भारतलाई पत्राचार

ओडिशा घटनामा राष्ट्रिय मानवअधिकार आयोगद्वारा भारतलाई पत्राचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको ओडिशा भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कीट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र अन्य विद्यार्थीमाथि भएको दुर्व्यहारबारे राष्ट्रिय मानवअधिकार आयोगले भारतलाई पत्राचार गरेको छ ।

नेपाली विद्यार्थीले घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा उल्टै कुटपिट र दुव्र्यवहार भएको घटनाको शीघ्र छानबिनका लागि आयोगले भारतको राष्ट्रिय मानवअधिकार आयोगलाई पत्राचार गरेको हो ।

पत्रमा शंकास्पद मृत्युको घटनाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न, विश्वविद्यालयमा कुटपिट भएका र दुव्र्यवहारमा परेका विद्यार्थीहरूलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरू तथा व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई उत्तरदायी अनुरोध गरिएको सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बिहीबार विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

प्राप्त उजुरीको आधारमा आयोगले भारतस्थित नेपाली दूतावास र अन्य माध्यमबाट समेत घटना र विद्यार्थीको अवस्थाबारे जानकारी लिइरहेको उनले बताए । घटनाबाट उत्पन्न परिस्थितिका कारण विश्वविद्यालय छाडेर हिँड्न बाध्य नेपाली विद्यार्थीहरू अझै पनि भयरहित वातावरणमा विश्वविद्यालय फर्किन नसकेको जानकारी प्राप्त भइरहेको भन्दै आयोगले थप कूटनीतिक पहल गरी विद्यार्थीको अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न आग्रह गरेको छ ।