एनआईसी एसिया बैंक र अल्का अस्पतालबीच सम्झौता

एनआईसी एसिया बैंक र अल्का अस्पतालबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र अल्का अस्पताल प्रालिबीच ग्राहकलाई सेवासुविधामा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ। सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार एनआईसी एसिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत उपचार शुल्क भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरे।

मुलुकभर बैंकका २ सय ८३ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ्ग इकाइ रहेका छन्। करिब १६ लाख ग्राहक भएको बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।