काठमाण्डु– एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रत्ननगर, चितवनस्थित श्री विन्देश्वरी आधारभूत विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू सहयोगस्वरुप हस्तान्तरण गरेको छ ।
बैंकका नारायणगढ सर्कल हेड रामकृष्ण काफ्लेले उक्त विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनाललाई आज एक कार्यक्रमका बीच झोला अन्य शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर संचालन भइरहेको यस विद्यालयमा १२६ जनाभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत छन् भने ८५ भन्दा धेरै चेपाङ समुदायका विद्यार्थीहरूलाई खानेबस्ने सुविधासहित आवासीय सेवासमेत उपलब्ध गराइरहेको छ ।
विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ ती सामग्री हस्तान्तरण गरिएको उनले बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिका– १५ का अध्यक्ष, आशिक तामाङ, उक्त विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरू र बैंकको तर्फबाट बैंकका कर्मचारीहरूको उपस्थिति थियो ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीको पठनपाठनमा अझ धेरै सहजता आउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।




प्रतिक्रिया