काठमाण्डु – एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भट्टेडाँडा, ललितपुरस्थित सातकन्या आधारभूत विद्यालयमा विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ विद्यार्थीका लागि विद्यालय पोशाक प्रदान गरेको छ ।
हाल १०२ भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा बुधबार विशेष कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहाल र विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेलाई संयुक्त रूपमा पोशाकहरू हस्तान्तरण गरे ।
अरनिको एल्मुनाई एसोसियसन खुमलटारले सहजकर्ताको भूमिका खेलेको कार्यक्रममा शिक्षक, शिक्षिकाहरू, विद्यार्थीहरू र बैंकका तर्फबाट बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।




प्रतिक्रिया