एन आई सी एशियामा खाता खोल्दा २ लाख १४ हजार रूपैयाँसम्म फाइदा !

एन आई सी एशियामा खाता खोल्दा २ लाख १४ हजार रूपैयाँसम्म फाइदा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं – बैंकमा खाता खोल्दा सर्वसाधरणहरूको मनमा के खुलदुली होला? आफ्नो बचतको उच्चतम ब्याजदर उहाँहरूको पहिलो रोजाइ नहोला भन्न सकिँदैन । तर एन आई सी एशिया बैंकसँग आबद्ध हुने ग्राहकहरुका हकमा भने उनीहरूले अनुमान गरेभन्दा बढि पाउनुेछन् र वास्तवमै ग्राहकले प्राप्त गर्ने उक्त फाइदाहरू अतुलनीय र असिमित नै छन् ।

एन आई सी एशिया बैंकले ल्याएको न्यू चमत्कारिक बचत खाता योजना अन्तर्गत ल्याएका विभिन्न खाता सुविधाहरूमार्फत ग्राहक महानुभावहरूले ३० चमत्कारिक फाइदा पाउन सक्नेछन् ।

बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५०,००० रूपैयाँदेखी २१४,००० रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ । उक्त खाता खोल्ने ग्राहक महानुभावले अतुलनीय तथा असिमित फाइदाहरूबाट फाइदा लिन सकिने बैंकले जनाएको छ । बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।

जस्तो, २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४,००० रूपैयाँ बराबर ग्राहकलाई फाइदा हुने बैंकको दाबी छ । जस्तै बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ ।

बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको सुविधा समेत खातावालाले पाउनेछन् ।

मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहक हुनेछन् । नेपालको बैंकिङ्ग क्षेत्रमध्ये अत्याधिक फाइदाले भरिएको बीमा सुविधाले ग्राहक महानुभावहरूको मन जितिरहेको छ ।

योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहकले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गरे भने करिब ११३,००० रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ ।

यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट÷क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहकलाई ८७,००० रूपैयाँसम्मको फाइदा हुन्छ ।

स्वीप इन–स्वीप आउट सुविधा

बैंकका बचत खाताहरूमार्फत बीमा, कर्जा र अन्य सुविधा बाहेक बैंकले नेपालमै पहिलोपटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन– स्वीप आउट सुविधा ग्राहकसँग् पस्केको बैंकले जनाएको छ ।

यो एक विशेष किसिमको सुविधा हो जसमा तपाईले खोल्नु भएको न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्नुहुनेछ ।

यदि ग्राहकहरूले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्ने बाटो खोज्दै छन् भने यस बैंकको स्वीप इन– स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १०,००० रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र बचत खातामा ६.५% ब्याजदर पाइरहेको ग्राहकले मुद्धती खातामा जाने वित्तीकै ९.७५% सम्मको ब्याज पाउनेछन् ।

देशभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत देशको सर्वाधिक ठूलो वित्तीय सञ्जाल मार्फत ग्राहकहरूलाई सहज रुपमा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेकाले यस एन आई सी एशिया बैंकले असिमित सुविधा तथा अतुलनीय फाइदा भएको न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरू अन्तर्गत ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै भविष्यमा आइपर्न सक्ने चुनौतीको पनि सामना गर्न आकर्षक बीमा योजनाहरू उक्त बचत योजनाहरूमा समावेश गरेको छ ।

हालसम्म बैंकले बीमा रकम बापत देशभरका १ सय २ जना चमत्कारिक तथा सुपर चमत्कारिक खातावालाहरूलाई तीन किसिमका बीमा योजनाहरू जस्तै घातक रोग, खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्णरुपमा अशक्त र अस्पताल भर्ना भएबापत करिब ६० लाख रूपैयाँ बीमा रकम बैंकले उपलब्ध गराइसकेको छ ।

यसमा मेडिकल बीमा वापत ३७ लाख १२ हजार ६३ रूपैयाँ, घातक रोगहरूको लागि १५ लाख रूपैयाँ र दुर्घटना बीमा वापत ७ लाख ८६ हजार ५ सय ५६ रूपैयाँ ग्राहकहरूले सुविधा पाउनेछन् ।

आमजनमानसमा बचत खातामा केबल सामान्य बचत मात्र गर्ने भन्ने मानसिकतालाई चिर्दै यस बैंकले ल्याएको चमत्कारिक बचत खाताद्धारा केवल बचत मात्रै होइन भविष्यमा आइपर्ने भवितव्यलाई समेत सामना गर्न आर्थिक सहयोग पुगेको प्रमाणीत भएको छ ।

ग्राहकले आफ्नो अनुकूल हुने र इच्छाएको रकम बचत गर्नका लागि यस खाता अन्तर्गत सिल्भर, गोल्ड र डायमण्ड श्रेणीका बचत योजनाहरूमा प्राप्त गर्न सक्नेछन् । तसर्थ यस्ता योजनाहरूबाट ग्राहकवर्गहरूमा उत्कृष्ट सेवा प्रदान गर्न एन आई सी एशिया बैंक लागिरहेको छ ।