यस्तो छ एनआईसी एशिया बैंकको दशैं सुपर चमत्कारिक उत्सव योजना

यस्तो छ एनआईसी एशिया बैंकको दशैं सुपर चमत्कारिक उत्सव योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एन आई सी एशिया बैंकले यस वर्षको दशैंमा आफ्ना ग्राहकहरुका लागि दशैं सुपर चमत्कारिक उत्सव योजना ल्याएको छ जसबाट देशभरका ग्राहकहरुले अधिकतम लाभ लिन सक्नेछन् ।

देशकै विभिन्न शहर र ठाँउहरुमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा यस बैंकका ग्राहकहरुले डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% वा प्रत्येक ६,६,७६ को खरिदमा १,०००सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यदि तपाई एन आई सी एशिया बैंकको ग्राहक हुनुहुन्न भने पनि भाटभटेनी सुपरमार्केटमा बैंकले स्थापना गरेको स्टलमार्फत् नयाँ खाता खोल्नुका साथै तुरुन्तै डेविट कार्ड प्राप्त गरी देशभरका सबै भाटभटेनी सुपरमार्केटका सबै आउटलेटहरुमा यो सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

आश्विन ८ गतेदेखि शुरु भएको यो योजनासँगै एन आई सी एशिया बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको छ । छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिहरुको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरु इस्यु भइसकेको र प्रतिदिन तीन करोडको हाराहारीमा कारोबार सोही गतिमा भइरहेको बैंकले जनाएको छ ।

यससँगै बैंकका प्रतिनिधिहरु ग्राहकहरुलाई डिजिटल कारोबार गर्दाका फाइदा र सहजताबारे जानकारी गराउनुका साथै यसप्रति अभिप्रेरित गराइएको पाइएको भाटभटेनी सुपरमार्केटमा सपिङ गर्न पुगेका सर्वसाधारणको भनाइ छ ।

कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजना अवधिभर देशभरका १६ स्थानका भाटभटेनी सुपरमार्केटबाट हजारौंले तिहार र छठ पर्वसम्म यो अवसरको सदुपयोग गर्नसक्ने बैंकले जनाएको छ ।

दशैंका लागि परिवारसँग सपिङ गर्ने सोचमा रहनुभएका सबैलाई यो सुविधाले सीमित नगद बोकेका कारण मनपरेको वस्तु लिने वा छोड्ने अनि उस्तै वस्तु अर्को दिन अन्त पाइने वा नपाइने दुविधाबाट छुटकारा पनि पाइने बैंकले जनाएको छ ।