एनआईसी एशिया बैंकका सञ्चालक सरकारको सीआईपीबाट सम्मानित

एनआईसी एशिया बैंकका सञ्चालक सरकारको सीआईपीबाट सम्मानित


काठमाडौं – एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघइलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत नेपाल सरकारको ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)’ सम्मानबाट सम्मानित गरिएको छ ।

सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघइलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरे ।

संघइ अध्यक्ष रहेको त्रिवेणी स्पिनिङ मिल्स (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले विभुषित गरेको हो ।

बैंकका सञ्चालक संघइ सम्मानित भएसँगै एनआईसी बैंक परिवारले उनलाई हार्दिक बधाइ ज्ञापन गर्दै आगामी दिनहरुमा यस्तै कामका लागि थप प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरेको छ ।