एनआईसी एशिया बैंकका नियमित र बिदा काउण्टर यथावत सञ्चालन हुने

एनआईसी एशिया बैंकका नियमित र बिदा काउण्टर यथावत सञ्चालन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा र कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

तसर्थ हाल यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू २०७६ चैत्र १० देखि बन्द रहनेछन् । तर बैंकको नियमित काउण्टर सेवाहरू भने बैंकका सम्पूर्ण ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुनेछन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुन्छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि आफ्ना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै आफ्ना ग्राहकहरुलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने निम्नलिखित भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको जानकारी गराउँदछौंः

क) मोबाईल बैंकिङ्ग पुरानो शुल्क नयाँ शुल्क
दर्ता शुल्क निःशुल्क निःशुल्क
अन्तरबैंक कारोबार १५ – ३० रुपैयाँ निःशुल्क
त्तच् मर्चेन्ट भुक्तानी निःशुल्क निःशुल्क
विद्युत महसुलको भुक्तानी निःशुल्क निःशुल्क
खानेपानी महसुलको भुक्तानी निःशुल्क निःशुल्क
हवाईजहाजको टिकट खरिद निःशुल्क निःशुल्क
स्कुल फि निःशुल्क निःशुल्क
इन्टरनेट शुल्कको भुक्तानी निःशुल्क निःशुल्क
PIN Regeneration शुल्क रु ५० निःशुल्क
बीमा प्रिमियम भुक्तानी निःशुल्क निःशुल्क
ख) डेबिट कार्ड
दर्ता शुल्क निःशुल्क निःशुल्क
एन आई सी बैंकको एटिएमबाट रकम निकाल्न तथा मौज्दात जाँच गर्न निःशुल्क निःशुल्क
अन्य बैंकको एटिएम प्रयोग गरि रकम निकाल्न तथा मौज्दात जाँच गर्न ५० रुपैयाँ निःशुल्क
एइक् कारोबार शुल्क निःशुल्क निःशुल्क
एक्ष्ल् च्भनभलभचबतष्यल शुल्क रु २५० निःशुल्क
ई कमर्स संचालन शुल्क रु १०० निःशुल्क
ई कमर्स कारोबार शुल्क निःशुल्क निःशुल्क
ग) इन्टरनेट बैंकिङ्ग
दर्ता शुल्क निःशुल्क निःशुल्क
अन्तरबैंक कारोबार १५ – ३० रुपैयाँ निःशुल्क
PIN Regeneration शुल्क रु ५० निःशुल्क
घ) मिस्डकल बैंकिङ्ग निःशुल्क निःशुल्क
ङ भाइबर बैंकिङ्ग निःशुल्क निःशुल्क
च) च्याटबट निःशुल्क निःशुल्क
छ IVR service निःशुल्क निःशुल्क
ज RTGS १००– रु ५०० निःशुल्क

यस कठिन परिस्थितिमा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क ग्राहक महानुभावहरूले घरमै बसी गर्न सक्नुहुनेछ । साथै, घरमै बसी खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।

कोरोना भाइरसको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु उचित देखिएकाले सकेसम्म ग्राहक महानुभावलाई विद्युतीय माध्यमबाट भुक्तानीको काम गर्न बैंक प्रोत्साहन गर्दछ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा त्तच् सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ ।

यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गर्दछौं । यसका साथै ग्राहकहरूले विभिन्न खालका बैंकिङ्ग गतिविधिहरू गर्दा आइपर्न सक्ने समस्यालाई ध्यानमा राख्दै बैंकले निम्नलिखित ग्राहकवर्गमा समर्पित डिजिटल सपोर्ट हेल्प डेस्कको स्थापना गरेको छः

१ .चन्द – ९८०३११२०७२,  [email protected],  मोबाइल/ईन्टरनेट/त्तच्/एइक् बैंकिङ्ग/स्थानान्तरण र भुक्तानी
२. शिव बस्नेत ९८४३१०५३९८, [email protected]
एटिएम
३. अभिशेख रत्न शाक्य ९८४३७५७२६३ [email protected]
बैंक धरौटी र परिपत्र
४. आरती भट्ट ९८४८७५४६९७ [email protected]
रेमिट्यान्स
५. प्रतिमा श्रेष्ठ ९८८०४७८३५६ [email protected]
बैंकिङ्ग सेवा (मोब्यांक, इन्टरनेट/मोबाइल बैंकिङ्ग)
६. प्रिजा प्रधान ९८४९०७४०४० [email protected]  

७. मोनिका श्रेष्ठ ९८२३८२०११६  [email protected] 
रिटेल कर्जा
८. बाबुल मान श्रेष्ठ ९८१८११३७४२ [email protected] अनलाइन खाता
९. राजेश मानन्धर ९८५१२४४६४१ [email protected]  सूचना/प्रविधि
१०. सन्दिप रेग्मी ९८५११०१५२३ २ [email protected]

११. सुरुची श्रेष्ठ ९८०३९४२८८६ [email protected] साना तथा मझौला कर्जा

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

२१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।