एनसआईसी एसिया बैंकको एटिएम फुटाउँदै गर्दा एक युवक पक्राउ


काठमाण्डु – एनसआईसी एसिया बैंकको एटिएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ गरेका छन् ।

काठमाण्डुको कोटेश्वर स्थित मुनिभैरवसगै रहेको एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement