काठमाण्डु – एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदानबाट सम्मानित भएका छन् ।
प्रमुख कार्यकारी अधिकृत न्यौपानलेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट आज सम्मानित गरेकी हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६÷०५÷३१ को निर्णय अनुसार २०७६ आश्विन ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा गरिएको थियो ।
त्यसैगरि राष्ट्रपति भण्डारीले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषणबाट सम्मान गरिन् ।
यस सुखद अवसरमा प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकलाई सम्पूर्ण बैंक परिवारले हार्दिक बधाई ज्ञापन गरेको छ । साथै बैंकले बाट सम्माननीय राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ ।





प्रतिक्रिया