एनआईसी एसिया बैंक र एभरेष्ट अस्पतालबीच सम्झौता

एनआईसी एसिया बैंक र एभरेष्ट अस्पतालबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रालिबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई सेवासुविधामा ५ देखि १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा उक्त छुट सुविधा पाउनेछन्।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

बैंकले मुलुकभर २ सय ८३ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। बैंकका करिब १६ लाख ग्राहक छन्।