झापा बजारमा एनआइसी एशिया बैंकको नयाँ शाखा सञ्चालनमा

झापा बजारमा एनआइसी एशिया बैंकको नयाँ शाखा सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – झापा गाउँपालिका वडा नं. २ स्थित झापा बजारमा आइतबारबाट एनआइसी एशिया बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ। गाउँपालिका अध्यक्ष जयनारायण शाहले एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरेका छन्।

एनआइसी एशिया मुलुकभर २७० शाखा कार्यालय, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो।

बैंकको वासलातको आकार २०९ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १७० अर्ब तथा कर्जा १४४ अर्ब रहेको निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये सबैभन्दा ठूलो बैंक हो। हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।