एनआई सी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

एनआई सी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न


काठमाण्डु – एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

लघुवित्तको रजिष्टर्ड कार्यालय भेरी ४ जाजरकोटमा आयोजना गरिएको तेश्रो वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।

सो अवसरमा संस्थाको आ.व २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त आवा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित भएको छ ।

यसका साथै एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि र स्वदेशी लघुवित्त वित्तीय संस्था लि बीचभएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ । त्यसैगरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको छ ।

त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्वगर्ने २ (दुई) जना संचालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचितभई संचालक पदमा नियुक्त भएका छन् । यस एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ ।