एनआईसी एशिया बैंक र नोबेल हस्पिटलबीच सम्झौता

एनआईसी एशिया बैंक र नोबेल हस्पिटलबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र नोबेल हस्पिटलबीच उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तले नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५ प्रतिशतसम्मको छुट पाउनेछन्।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरे।