नाइस मिडिया नेटवर्कको व्यानरमा निर्मित चलचित्र ‘शिरफूल’अब सिधै डिसहोम सिनेमा घरमा


काठमाण्डु- देश विदेश एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कथानक चलचित्र ‘शिरफूल’ कोरोना महामारीकैबीच दर्शकमाझ आउने भएको छ । विश्वभर फैलिएकाे कोरोना महामारीले सबै क्षेत्र प्रभावित भइरहेका बेला चलचित्र ‘शिरफूल’ वैकल्पिक माध्यमबाट प्रदर्शन हुन लागेको हो ।

यही असोज १६ गते डिसहोम च्यानल नम्बर १०८ मार्फत ‘शिरफूल’ प्रदर्शन हुँदैछ । सिधै डिसहोम सिनेमा घर, च्यानल नम्बर १०८ मा दैनिक ८ वटा ‘शो’ हेर्न सकिनेछ । चलचित्र ‘शिरफूल’ विहान १, ४, ७ र १० बजे हेर्न सकिनेछ भने दिउँसो १, ४ र बेलुकी ७ तथा राती १० बजे शो राखिएको छ । नाइस मिडिया नेटवर्क प्रालिको व्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘शिरफूल’को निर्देशन कमल एक्चै मगरले गरेका छन् ।

‘शिरफूल’मा आधुनिकताको बढ्दो प्रभावलाई मुख्य विषयवस्तु बनाइएको छ । ‘शिरफूल’ नारी प्रधान चलचित्र हो । यो चलचित्रले युवा पुस्तामा देखिएको पश्चिमा संस्कृतिको प्रभावलाई चित्रण गर्ने प्रयत्न गरेको छ ।

प्रेम, कला र संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दै गएको परिप्रेक्ष्यमा ‘शिरफूल’ले विषयवस्तुलाई गहन ढंगले उठान गरेको छ । हरि लम्सालको संगीत, डिपी खानाल र सन्दीप थापाको गीत रहेको छ ।

सिद्धान्त एस. पौडेलको निर्माण नियन्त्रण रहेको ‘शिरफूल’लाई निरोज श्रेष्ठले छायाँकन गरेका हुन् । ‘शिरफूल’को छायांकन काठमाण्डुसहित तनहुँ, पोखरा र सोलुखुम्बुको विभिन्न स्थानमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement