प्रधानमन्त्री मातहतकै गूप्तचरमा आईजीपीको मनोमानी, निमय, कानुनको धज्जी उडाएपछि चर्को असन्तुष्टि

प्रधानमन्त्री मातहतकै गूप्तचरमा आईजीपीको मनोमानी, निमय, कानुनको धज्जी उडाएपछि चर्को असन्तुष्टि


काठमाण्डु – देशको एक मात्र गूप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले आफु निकटकालाई बढुवा गर्न मापदण्ड नै मिचेको खुलासा भएको छ । गूप्तचर विभागले इन्सपेक्टरबाट डीएसपीमा गरेको बढुवामा प्रक्रिया मिचेको भन्दै विभागमा असन्तुष्टि छाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पारदर्शीता र सुशासनका कुरा जति गरेपनि उनि मातहतकै विभागले भने निकै अपारदर्शी काम गरेको खुलासा भएको हो ।

गूप्तचर विभागले सोमबार इन्सपेक्टरबाट डीएसपीमा २२ जनालाई बढुवा गरेको छ । बढुवामा विभागका प्रमुख हुतराज थापाले नियम कानुनको धज्जी उडाएका छन् । थापा प्रधानमन्त्री दाहालकै जोड बलमा विभागको प्रमुख भएका हुन् ।

थापा बढुवा समितिको अध्यक्ष हुन् । समितिमा सदस्य सचिव डिआईजी भिम बुढाथोकी र सदस्य प्रधानमन्त्री कार्यालयमा कार्यरत सहसचिव नारायण दत्त भट्ट थिए । प्रधानमन्त्री कार्यालयमा गूप्चतर हेर्ने सचिव गणेश पाण्डेले बढुवाको प्रक्रिया नपुगेको भन्दै लामो समय फाइल रोकेपनि अन्तिममा माथिको दबाव भन्दै सोमबार बढुवा भएको हो ।

गूप्तचरको डिएसपी बढुवामा अख्तियार प्रमुखदेखि मुख्यसचिवसम्मले चांसो राखेका थिए । उनिहरुले बढुवालाई पारदर्शी बनाउन निर्देशन दिएपनि राजनीतिक दबाब र आफ्नो स्वार्थमा थापाले बढुवा अघि बढाएका हुन् ।

गुप्तचरमा डिएसपीमा बढुवा भएका केहीको स्नातक तह समेत नभएको पाइएको छ । थापाले वरियताका आधारमा बढुवा गर्ने रटान राखेपनि उनिहरुसंग बढुवाका लागि आवश्यक पर्ने सामान्य योग्यता समेत नभएको स्रोतको दावी छ ।

थापाले एसएलसी मात्र उर्तिण थरेका विष्णुहरी पण्डित, केशव सुवेदी, द्रोण बुढाथोकी, नित्यानन्द ढुंगाना र आइए पास लोकराज जोशीलाई समेत बढुवा गरेका छन् । जवकी जोशी बलत्कारको आरोपमा ३२ महिना निलम्बन परेका अधिकृत हुन् ।

गुप्तचरमा बढुवा भएका ७१,७२ र ०७३ सालमा भर्ना भएकाहरु हुन् । थापाले आफु निकटकालाई बढुवा गर्न मापदण्ड नै परिवर्तन गरेका छन् । उनले ०७३ साउन ११ भित्र भर्ना भएका मात्र बढुवाका लागि योग्य रहने भन्दै मिति नै तोकेर नियम बनाएका छन् ।

उनिमाथि माओवादी निकटलाई मात्र बढुवामा अवसर दिएको आरोप समेत लागेको छ । बढुवा भएका अधिकांश इन्सपेक्टरहरु माओवादी निकट हुन् ।बढुवाबारे गूप्चतर प्रमुख थापासंग सम्र्पक गर्न खोज्दा उनि सम्र्पकमा आउन चाहेनन् ।

थापाले ‘चाहना राख्ने हो भने एक घण्टामा राज्यसत्ता पराकम्प जाने गरि ब्लास्ट हुने ताकत म संग छ’ भनेर सामाजिक संजालमा उग्र स्टाटस लेख्ने दिपक केसीदेखी कुशल थापा, मदन पौडेल, सरोज तिवारी, झनक शर्मालगायत अधिकृतहरुलाई बढुवा दिएको भन्दै असन्तुष्टि छाएको छ ।

बढुवा हुने अन्यमा अशोक पौडेल,मेघराज कंडेल, रुद्र गुमाछान, लोक जोशी, नारायण शर्मा मुडभरी र सविना राईलगायत छिन् । राई थापासंगै पूर्व क्षेत्रमा बसेकी अधिकृत हुन् ।

गूप्चतरमा इन्सपेक्टरबाट डिएसपीमा बढुवा गर्दा लोक सेवाा आयोग ऐन २०६६ को सामान्य सिद्धान्तलाई समेत लत्याएको गुनासो अधिकांश अधिकृतहरुको छ । उक्त ऐनमा सरकारी सेवाको पदमा नियुक्ति वा बढुवा गर्दा वा कुनै सार्वजनिक संस्थाको सेवाका पदमा नियुक्ति,बढुवा र कर्मचारीलाई विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त निर्धारण गर्न सक्ने उल्लेख छ ।

जवकी त्यसको खण्ड ३ को उपदफा २ मा मूल्यांकनका आधारमा बढी अंक प्राप्त गर्ने सम्भाव्य उम्मेदवारले बढुवाको अवसर पाउने गरी बढुवासम्बन्धी व्यवस्था गर्नुपर्ने उल्लेख छ । तर, थापाले यी सबै नियमको उल्लंघन गरेका छन् ।

उपदफा ५ मा न्यूनतम शैक्षिक योग्यता नभएको वा सेवा अवधि नपुगेको कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख भएपनि दुवै नियम गूप्तचरको बढुवामा लागु नभएको स्रोतको दावी छ ।

थापाले यसअघि १४ जना एसपी बढुवामा समेत समितिले गरेको बढुवाको निर्णयपछि समेत नाम हटाएर अर्कै अधिकृतको बढुवा गराएका थिए । उनले सुरुमा बढुवा भएका शुसिल महतको नाम हटाएर हुमाकान्त पाण्डेलाई एसपीमा बढुवा गरेका थिए । उनले विभागमा आफु निकटकालाई काखा र पूर्व प्रमुख गणेश अधिकारी निकटमाथि पूर्वाग्रह सांध्ने गरेको आरोप छ ।