काठमाण्डु– राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का अधिकारीहरुको सरुवा भएको छ । सरुवा हुनेमा सुनसरीमा उप अनुसन्धान निर्देशक(एसपी) कुलचन्द्र नेपाल, दाङमा नरेश शह, काभ्रेमा मुकुन्द खड्का र धादिङमा दिपक उप्रेती रहेका छन् ।
त्यसैगरी स्याङजामा केशब थापा, बागलुङमा अभियान राणा, पूर्वी नवलपरासीमा सुशान्त बराल,मोरङमा बासु सिग्देल र पश्चिम नवलपरासीमा रिवेन गच्छदारको सरुवा भएको छ । उनिहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवा निकटको सिफारीसका आधारमा सरुवा गरिएको स्रोतको दावी छ ।




प्रतिक्रिया