गुप्तचर विभाग औपचारिक रुपमा प्रधानमन्त्री कार्यालय मातहतमा 


काठमाडौं– देशको एक मात्र गुप्तचर संगठन (राष्ट्रिय अनुसन्धानविभाग)विधिवत रुपमा प्रधानमन्त्री कार्यालय मातहत गएको छ ।  

यसअघि नै प्रधामन्त्री केपी शर्मा ओलीले गृहमन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत ल्याउने निर्णय गरेका थिए । 

सो निर्णयलाई नेपाल राजपत्रमा सुचना प्रकाशित गरेर औपचारीक रुपमा प्रधानमन्त्री कार्यालय मातहतमा ल्याईएको हो । 

फागुन २९ मा बसेको संसद वैठकले नेपाल विशेष सेवा,ऐन २०४२ संशोधन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विभागलाई आफ्नो मातहत लैजाने निर्णय गरेपनि कानुनी अड्चनका कारण उक्त प्रक्रियामा ढिलाई भएको थियो । 

गुप्तचर संगठनसम्बन्धी व्यवस्था गरिएको ऐन र नेपाल विशेष सेवा ऐन २०४२ को दफा ४(१) मा सो विभाग गृह मन्त्रालयअन्तर्गत रहने व्यवस्था रहेको थियो ।  सोही दफामा संशोधन गरेर गृहमन्त्रालयअन्तर्गत भन्ने शब्दहरुको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत राखिएको छ । 

त्यसैगरी ठाउं ठाउंमा रहेका क्षेत्रीय,अंचल र जिल्लास्तरिय भन्ने शब्दहरु समेत झिकिएका छन् ।  गुप्तचरका एक उच्च अधिकारीकाअनुसार चैत्र  १ गतेबाट विभागले आफ्नो रिपोर्टि¨ प्रधानमन्त्री कार्यालयलाई गर्न सुरु गरिसकेको छ ।  

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement