काठमाण्डु- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । बुधबार दिउँसो १ बजे उनी दिल्लीतर्फ लागेका हुन् ।
स्वर्गीय देवीप्रसाद (डिपी) त्रिपाठीको वार्षिकीमा सहभागी नेता निधि दिल्ली लागेका जनाइएको छ । भारतीय राजनीतिज्ञ तथा भारतीय राष्ट्रिय कांग्रेसका महासचिव स्व. त्रिपाठीको पहिलो वार्षिकीको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा निधिले भाग लिने कार्यक्रम छ ।




प्रतिक्रिया