पूर्वगृहमन्त्री निधिको सुझाव : संघमा ५ हजार प्रहरी मात्रै भए पुग्छ

पूर्वगृहमन्त्री निधिको सुझाव : संघमा ५ हजार प्रहरी मात्रै भए पुग्छ


काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले संघमा ५ हजार प्रहरी मात्रै भए पुग्ने सुझाव दिएका छन् ।

सोमबार कांग्रेस संसदीय दलको बैठकमा उनले संघमा ५ हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजन गर्नुपर्ने बताए ।

प्रहरीको संख्या हाल सशस्त्रमा ३६ हजार र जनपदमा ७९ हजार छ । निधिले प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो शक्ति प्रदेशमा पठाउनुपर्ने बताए ।

उनले भने, ‘हामीले प्रदेशलाई अधिकार नदिए प्रदेशको काम के ? प्रहरी संघमा ५ हजार भए पुग्छ । अरु संख्या प्रदेशमा पठाए हुन्छ ।’

उनले संविधान संशोधनको प्रस्ताव छिटो संसद्मा पेश गर्नुपर्ने बताए ।