दोस्रो चरणमा सिंह र निधी निर्णायक, फेरी पनि देउवालाई जित्न सहज

दोस्रो चरणमा सिंह र निधी निर्णायक, फेरी पनि देउवालाई जित्न सहज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । कांग्रेस सभापतिमा शेरबहादुर देउवाले २२ सय ५८ मत पाएका छन भने शेखर कोइरालाले १७ सय ४९ मत प्राप्त गरेका छन् ।

दोस्रो चरणको मतदानमा सभापतिका उम्मेदवारहरु प्रकाशनमान सिंह र विमलेन्द्र निधी निर्णायक हुने भएका छन् । दुईमध्ये सिंह संस्थापन इतर पक्षका हुन भने निधी देउवा पक्षका हुन । तर, पछिल्लो समय दुवै जना आआफ्नो टिमबाट अलग भएका छन् ।

सभापतिमा प्रकाशनमान ३७१ र निधिले २४९ मत पाएका छन् । संस्थापन पक्षबाट निधी अलग नभएको अवस्थामा देउवालाई जित्ने सजिलो हुने मत परिणामबाट देखिएको छ ।

त्यस्तै पहिलो चरणमा देउवाविरुद्ध अरु सबै उम्मेदवार एक भएको अवस्थामा पहिलो चरणमा नै कोइराला जित्ने सम्भावना बलियो थियो ।

दोस्रो चरणका लागी कोइरालालाई सिंह र निधिले सहयोग गर्ने अपेक्षा गरिएको छ । निधीले यसअघि नै दोस्रो चरणमा गए आफुहरु एक हुने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । तर,सिंहको हकमा भने अहिले कुनै आधिकारीक धारणा आएको छैन । प्रधानमन्त्री देउवाले उनलाई फकाउने रणनीति लिएका छन् । त्यसका लागी गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खांडलाई उनले दूतका रुपमा चाक्सीबारी पठाएका छन् ।

दोस्रो चरणमा प्रवेश हुंदा पनि देउवालाई जितको लागी सहज अवस्था छ । निधी र सिंह मिल्दा ६२० मत थप हुनेछ । तर, त्यसबाट पनि देउवाले मत पाउने सम्भावना रहन्छ । दुवै जनाले कोइरालालाई समर्थन गरेको अवस्थामा र रामचन्द्र पौडेल र शंशाक कोइराला खुलेर शेखरको पक्षमा लागे पनि परिणाम उनको पक्षमा पनि आउंन सक्छ ।

कांग्रेस सभापतिको लागी आजै दोस्रो चरणको मतदान हुने सम्भावना छ । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले दोस्रो चरणको परिणाम आफ्नो पक्षमा ल्याउन सम्पुर्ण तागद लगाउनेछन् । त्यसो हुंदा फेरी पनि देउवा नै सभापति बन्न सक्ने अवस्था छ ।